अध्यक्ष ओलीले भने, ‘यो सरकारबाट विकास सुशासनको सपना देख्न सकिँदैन’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकारबाट विकास र सुशासनको सपना देख्न नसकिने बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘यस्तै सरकारबाट, यही कार्यशैली, यही तरिकाबाट कुशासन, भ्रष्टाचार र कमिशनतन्त्रको बिचमा विकासको सपना देख्न सकिँदैन ।’ ओलीले एमालेले गरिरहेको संकल्प भनेको यसै शासनको निरन्तरता नभएको पनि बताए । उनले भने,‘वेरसवेर सुशासन चाहिन्छ । सुशासन दिन सक्ने सरकार चाहिन्छ । त्यसपछिमात्र खास देशको विकास हुन्छ ।’

अध्यक्ष ओलीले एमाले सुशासन र विकासको बाटोमा अग्रसर हुने भन्दै समृद्धि नेपाल सुखी नेपालीको आकांक्षा एमालेले पुरा गरिछोड्ने पनि बताए । ‘हाम्रो संकल्प स्थायी, सुदृढ र अविचलित संकल्प हो’, ओलीको भनाइ छ ।

  • ८ पुष २०८०, आईतवार १५:०७ प्रकाशित