पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०१ पैसा रहेको छ ।पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८५ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ६६ पैसा र बिक्रीदर २८ रुपैयाँ ७८ पैसा रहेको छ ।