पोखरा ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ गण्डकी प्रदेशसमन्वय समितिको अध्यक्षमा हिरामणि पण्डित निर्वाचित भएका छन् । महासंघ समन्वय समितिको दोस्रो अधिबेशनले पण्डितको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा तनहुँका अमर बहादुर भण्डारी , सचिवमा कास्कीका खगेन्द्र केसी र कोषाध्यक्षमा पर्वतका देबलान गिरी निर्वाचित भएका छन् । यसैगरी सदस्यमा गुप्त प्रसाद गैह्रे र प्रभुराम प्रधान निर्वाचित भए । बाँकी सदस्य थप जिल्लाबाट प्रतिनिधित्व हुने गरि थप गरिने संघले जनाएको छ ।
निर्वाचन सम्पन्न गर्न नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रीय सदस्य ज्ञान बहादुर नेपाली, प्रेमराज बसौला र श्याम कुमार मल्ल आयुक्त रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
यस अघि अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल फर्निचर तथा फर्निसिङ व्वसायी महासंघका केन्द्रीय अध्यक्ष सुजिल श्रेष्ठले गरेका हुन् । उद्घाटन गर्दै उनले देशको बर्तमन अवस्था र आर्थिक मन्दीको सामना गर्दा व्वसायीहरु एक जुट हुन आवश्यक रहेको बताए । उनले वर्तमान उद्योग सम्बन्धित ऐनले नेपालमा उद्योग ब्यावासय गर्न सक्ने अवस्था नरहेको भन्दै त्यसमा आमुल परिर्वतनको खाँचो औंल्याए ।
उक्त अवसरमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका द्वितीयत उपाध्यक्ष युवराज पौडेल, श्याम कुमार मल्ल, प्रेम राज बसौला, चन्द्र लक्ष्मी मानन्धर, पिताम्बर अधिकारी लगाएतले बोलेका थिए भने अधिवेशनमा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका अध्यक्ष एवम प्रतिनिधिको सहभागिता थियो ।