पोखरा-४ को आयोजनामा ९ पुसमा यःमरी महोत्सव हुने

केन्द्रभाग मिडिया

पोखरा ।
यःमरी पुन्ही अर्थात यमरी पूर्णिमाको अवसरमा पोखरामा यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा यही पुष ९ गते पोखरामा यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । महोत्सव पोखरा-४ गणेशटोलको सडक क्षेत्रमा हुने पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए ।

महोत्सवमा यःमरी बनाउने प्रतियोगितासहित यःमरी बनाएको लाईभ डेमोष्ट्रेसन गरिने नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले बताईन् । महोत्सवमा यःमरीको प्रदर्शनी तथा बिक्रीसहित विभिन्न नेवारी परिकारहरुको प्रदर्शनी तथा विक्री गरिने उनले जानकारी दिईन् । उनका अनुसार महोत्सवमा यःमरीसहित नेपाली पिज्जा, बारा, सेलरोटी, समयबजीलगायतका परिकारहरुको स्टल रहनेछन् । त्यसबाहेक स्थानियले उत्पादन गरेका मोजा, गलबन्दीलगायत जुत्ता, चप्पल तथा कपडाका स्टलपनि रहने अध्यक्ष बज्रचार्यले बताईन् ।

महोत्सवमा यःमरी प्रति गोटा ८० रुपैयाँ, समयबजी प्रति प्लेट २ सय, बारा, सेलरोटीको ५० मा बिक्री हुने जनाइएको छ । यःमरी बनाउने प्रतियोगितामा २० टिमले सहभागिता जनाउने अध्यक्ष बज्राचार्यले जानकारी दिईन् । बाँकी केहिले अप्रतियोगी सहभागिता जनाउने उनको भनाई छ ।

महोत्सवमा पोखरेली लक्ष्य ब्याण्डको सांगीतिक प्रस्तुति रहनेछ । सो अवसरमा मौलिक लाखे नाच, कुमारी नाच लगायत अन्य सांस्कृतिक झाँकीहरुको समेत प्रस्तुति हुने उनले बताईन् । महोत्सव अघि झाँकीसहितको ¥याली निकालिने जनाइएको छ । पोखरा(४ को कार्यालयबाट शुरु हुने ¥याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोलहुँदै गणेशटोलमा पुगेर उद्घाटन समारोहमा परिणत हुने वडाध्यक्ष पराजुलीले जानकारी दिए । ¥यालीमा सहभागिहरु मध्ये प्रथम हुने समूहलाई नगद ७ हजार, द्वितीय हुनेलाई ५ हजार र तृतीय हुनेलाई ३ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

त्यस्तै, यमरी प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोश्रो हुनेलाई ७ हजार, तेश्रो हुनेलाई ५ हजार र सान्त्वना ३ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । अध्यक्ष पराजुलीले संस्कृति संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नका लागि यःमरी महोत्सव गर्न लागिएको बताए । सडक, पानी, वत्ती मात्रै विकास होईन,उनले भने, ‘संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपनि विकास हो ।’ उनले पोखराको रामकृष्णटोलदेखि गणेशटोल, भीमसेनटोल, मोहरिया टोलहुँदै बागबजारसम्मको क्षेत्र नेवारी परम्परा र संस्कृतिको ऐतिहासिक ठाउँ भएकाले यसको संरक्षणका लागिपनि चाँडै योजनाबद्ध ढंगले काम गर्ने तयारी भएको बताए ।

नेवाः मिसा पुचः कास्की अध्यक्ष संगीता बज्राचार्यले यःमरी महोत्सवले पर्यटन प्रवद्र्धनमापनि योगदान दिने विश्वास व्यक्त गरिन् । ‘संस्कृतिको विविधता हाम्रो विशेषता हो । यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दा पर्यटनमापनि टेवा पुग्छ’ उनले भनिन् ।’

  • ७ पुष २०८०, शनिबार १७:३० प्रकाशित