पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफू लहडमा राजनीतिमा नआएको बताएका छन् । पोखरामा रास्वपाले आयोजना गरेको खुला सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निस्चित मिसन र भिजनका साथ राजनीतिमा आएको बताए ।
निर्वाचन हुन ५ महिना अगाडि दर्ता भएको पार्टीले २१ सिट ल्याएर परिवर्तन सम्भव छ भन्ने देखाएको छ। ०८४ मा बहुमत बहुमत ल्याएर परिवर्तन गर्ने उनको भनाई छ । ५ महिनाको अवधिमा एक धक्का दिएको र अर्को धक्का अबको चार वर्षमा दिने उनले बताए ।
उनले चार वर्षमा दलहरुले भ्रष्ट नेतालाई जोगाउनलाई नै लाग्ने टिप्पणी समेत गरे । चार वर्ष अरु दलले राम्रो गरे आफू आफ्नै पार्टीमा ताला लगाउन समेत तयार रहेको उनको भनाई छ । ‘एउटा धक्का दिइसकेका छौं ।
निर्वाचन हनु ५ महिना पहिले पार्टी गठन गरेर २१ सिट जितेर धक्का दियौं । अब ०८४ मा बहुमत ल्याएर अर्को धक्का दिने हो । अबको चार वर्षमा दलहरुले राम्रो गरेछन् र हाम्रो अवश्यकता परेन भने आफ्नै पार्टीमा ताला लगाउँला तर, दलहरु चार वर्ष आफ्ना भ्रष्ट नेता जोगाउन नै लाग्नेछन् । उनीहरु केही गर्ने छैनन्’ उनले भने ।