पोखरा ।
मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने भएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ९.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
त्यस्तै सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांशसहित कम्पनीले कुल १०.२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।
यसअघि गत आर्थिक वर्ष बैंकले १३.५० प्रतिशत बोनस र ०.७१ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।