काठमाडौं ।
प्रधानमन्त्री प्रचण्डले नयाँ ढंगले केही धक्का दिएर आफ्नो दोस्रो वर्षको काम सुरु गर्ने बताएका छन् ।
शुक्रबार सुनसरीमा इनरूवा सब–स्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर सुरू गर्दैछु,’ म साँच्चै क्रमभंग गर्दैछु,’ उनले भने ।
यद्यपी उनले कस्तो धक्का दिएर क्रमभंग गर्ने भन्ने भने खुलाएनन् । उनले अबको आफ्नो क्रमभंगतालाई जनताकोे साथ रहने विश्वास व्यक्त गरे ।