पोखरा ।
पोखरामा धाराका टुटीहरु चोरी गर्ने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जा बस्ने वर्ष २६ का सुरज थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
थापाले पुस १ गते राति हेम्जा स्थित रहेको नेवारेखोला तथा झाँक्री स्थान खानेपानी उपभोक्ता समितिको कार्यालयबाट स्थानीय उपभोक्ताहरुलाई वितरण गर्नको लागि स्टोर गरी राखिएको खानेपानीको धाराका टुटीहरु ६० थान , रेगुलेटर भल्भ १८ थान चोरी गरेको सूचना प्राप्त भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पुस ४ गते बेलुका ८ बजेको सुरजलाई शंकास्पद अवस्थामा देखी उनले भिरेको झोला खानतलासी गर्दा उक्त झोलाभित्र धाराको टुटी २८ थान , रेगुलेटर भल्भ ३ थान र टिकाको थाली १ वटा फेला पारेको थियो ।
सुरजमाथि चोरी सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले बताएको छ ।














