‘फुटवयर जोन’ सिद्धार्थचोकमा ‘फुटवयर जोन एक्स्चेन्ज अफर’

केन्द्रभाग मिडिया

पोखरा ।

नेपालका प्रतिष्ठित जुत्ता उत्पादक कम्पनीहरुले पोखरा सिद्धार्थचोकमा संयुक्त आउटलेट सोरुम सुरु गरेका छन् । ‘फुटवयर जोन’ सिद्धार्थचोकमा कम्पनीले ‘फुटवयर जोन एक्स्चेन्ज अफर’ सार्वजनिकसमेत गरेका छन् । पुस २ देखि लागु अफर पोखराको लागि अत्यन्त नयाँ रहेको सञ्चालक रामकृष्ण प्रसाईंले बताए ।

अफरअन्तर्गत कुनै पनि लेडिज जुत्ता चप्पल १ हजारसम्मको किनमेल गर्दा १० प्रतिशत छुट प्रदान हुनेछ । कुनै पनि पुरानो लेडिज जुत्ता चप्पल ल्याई १ हजारदेखि माथिको लेडिज जुत्ता चप्पल खरिद गर्दा पुरानो जुत्ताको ३ सय रुपैयाँ मूल्यांकन गरी नयाँ जुत्ताको रकमबाट घटाइने छ । यो अफर एकजोर नयाँ जुत्ता किन्दा एक जोर पुरानो जुत्ताको मात्र मुल्यांकन गरिने प्रसाईंले जानकारी दिए ।

यो फ्याट्री आउट लेटमा नेपालमै उत्पादित १० कम्पनीका ३० ब्राण्डका ३ हजार भन्दा धेरै मोडलमा लेडिज, जेन्स बच्चा सबै उमेर र वर्गलाई आवश्यक जुत्ता चप्पल एउटै छानामुनी उपलब्ध रहेको प्रसाईं बताउँछन् ।

 

 

  • ६ पुष २०८०, शुक्रबार ०७:५२ प्रकाशित