विराटनगर ।
जनतामा आशा जगाउन सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् ।
आर्थिक मन्दी अन्त्य गर्न र जनतामा आशा जगाउन नेतृत्व परिवर्तन आवश्यक रहेको उनको भनाई छ । सरकारको अहिलेको नेतृत्वले जनतामा आशा जगाउन नसक्ने कोइरालाको जिकिर छ।
यसैबीच कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नु पर्ने बताए । गठबन्धन दलसँग मिलेर चुनाव लड्दा कांग्रेस नरहने उनको तर्क छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले उक्त तर्क राखेका हुन् । कोइरालाले राष्ट्रियसभा निर्वाचनको तयारीका लागि काँग्रेसको महासमिति बैठक सार्नुपरेको बताएका छन् ।अब भने तोकिएकै मितिमा महासमिति बैठक हुने कोइरालाको दाबी थियो ।















