गण्डकी कांग्रेसको सम्मेलन सुरु

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसको गण्डकी प्रदेश प्रथम प्रदेश सम्मेलन पोखरा सभागृहमा मङ्गलवारदेखि सुरु भएको छ ।

बुधवारसम्म चल्ने सम्मेलनको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । प्रदेशका ११ वटा जिल्लाका करिब पाँच सय प्रतिनिधि सहभागी हुने सम्मेलनमा प्रतिनिधिहरु पोखरा आएको कांग्रेस गण्डकी प्रवक्ता मधु बास्तोलाले जानकारी दिए ।

पोखरा सभागृहमा ३ मा सम्मेलनको उद्घाटन सत्र हुने र ४ मा बन्द सत्र पोखरा पार्टी प्यालेस, बास्तोलाथरमा हुने कांग्रेस गण्डकीले जानकारी दिएको छ ।

कांग्रेसले सम्मेलनको ब्यानरमा ‘ुभ्रष्टाचारबाट पार्टीलाई बचाऔ’ लेखेको वाक्य कार्यक्रम सुरु हुनुभन्दा केहि समय अघि हटाएको छ ।

कार्यक्रम हुने स्टेजमा ‘विरासतको रक्षा गरौँ, नेपाली कांग्रेस बचाऔँ, इमान भएकाहरूलाई जिम्मेवारी राखौँ, भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ, कांग्रेस चरित्र पुनः स्थापित गरौँ’ लेखिएको थियो । त्यसबाट ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ वाक्य हटाएको हो ।

प्रदेश महामन्त्री विष्णु लामिछानेले लेखाई अशुद्ध भएकाले ब्यानरबाट हटाइएको प्रतिक्रिया दिएका छन् ।

  • ३ पुष २०८०, मंगलवार १५:२९ प्रकाशित