काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई हस्तान्तरण नगर्ने नियतले एनेसलको शेयर खरिद बिक्री भएको रहेको बताएका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रथम दृष्टिमा नै शेयर खरिद बिक्रीमा जालझेल भएको देखिएको बताए । उनले अगाडि भने, कर छल्ने पनि छ, स्वामित्व हस्तान्तरण नगर्ने नियत पनि देखिन्छ ।’
बैठकमा बोल्दै दाहालले एनसेलको वैदेशिक लगानी शेयर खरिद बिक्री, कर राजश्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात सङ्कलन भइरहेको बताए ।
उनले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए ।















