रुसी सेनामा कार्यरत थप एक नेपालीको ज्यान गयो

केन्द्रभाग मिडिया

धनगढी ।
रुसी सेनामा कार्यरत थप एक नेपालीको ज्यान गएको छ ।

तीन महिनाअघि रुसी सेनामा भर्ना भएका कैलालीको टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको ज्यान गएको खबर प्राप्त भएको हो । परिवारले शुक्रबार उनको मृत्यु भएको खबर पाएका हुन् ।

मृत्युको खबर पाएदेखि विक्षिप्त अवस्थामा रहेका उनका बुवा आमा र श्रीमतीले आफन्तजनको सरसल्लाहमा आइतबार कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा अन्तिम संस्कार गरेका छन् ।

भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई ‌औपचारिक रुपमा जानकारी दिइसकेको छैन ।सात वर्ष नेपाल प्रहरीमा काम गरेका शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा गरेर दुबई गएका थिए । दुबईमा उनी गार्डको काम गर्थे । भाई मंगल शाहकाअनुसार दुबईमा पनि राम्रै तलब थियो । तर उनी तीन महिना अघि रुसी सेनामा भर्ना भएका थिए ।

नोभेम्बर २६ तारिखमा उनको रुसको सीमा क्षेत्रमा गोली लागेर  ज्यान गएको हो ।

  • १ पुष २०८०, आईतवार १७:१० प्रकाशित