पाँचथर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समय र जनताको आयु खेर गइरहेको बताएका छन् ।
पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन गर्दै ओलीले भने सो कुरा बताएका हुन् । उनले भने, ‘देशको राजनीति अलमलमा छ, देशको समय र जनताको आयु खेर गएको छ।’
देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुको मनोबल उच्च बनाएको छ ।संकल्प यात्राले देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुको मनोबल उच्च बनाएको बताएका छन् ।
संकल्प यात्राले मुलुकमा ब्याप्त निराशा चिर्न सक्ने शक्ति एमाले भएको समेत पुष्टि गरेको अध्यक्ष ओलीले बताए । तर गठबन्धन सरकारका कारणले मुलुक चिन्ताजनक अवस्थामा पुगेको बताए ।
गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवा भञ्ज्याङसम्म चलेको मध्यपहाडी संकल्प यात्राले देश विकासको खाका बनाउने आधार तयार पारेको उनले बताए ।