काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ केजी गाँजा बरामद भएको छ ।
विमानस्थलको कार्गोबाट उक्त परिमाणको गाँजा बरामद गरिएको विमानस्थल प्रहरीले जानकारी दिएको हो ।
कतार एयरवेजको जहाजबाट बुधबार राति आएको सामानमा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद भएको विमानस्थल प्रहरीले बताएको छ ।
स्पिकरको भाडोमा लुकाएर ल्याएको गाँजा कुकुरले सुँघेर पता लागेको हो । बरामद भएको गाँजा अमेरिकन रहेको बताइएको छ ।