पूर्वमिस नेपाल शृंखलाले प्रेमी सम्भवसँग गरिन् बिहे

केन्द्रभाग मिडिया

पूर्वमिस नेपाल शृंखला खतिवडाले विवाह गरेकी छिन् । श्रृंखलाले सञ्चार उद्यमी तथा प्रेमी सम्भव सिरोहियासँग बिहे गरेकी हुन्।

काठमाडौँको होटल हायातमा अहिले उनीहरुको बिहेको समारोह चलिरहेको छ। शृंखला र सम्भवको बिहेमा दुबैतिरका नजिकका परिवार र आफन्तलाई मात्रै बोलाइएको छ।

बेहुली बनेकी श्रृंखला निकै खुसी देखिएकी छिन्।शृंखला र सम्भव केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। यी दुईले आफ्नो प्रेम सम्बन्धलाई आज विवाहमा परिणत गरेका हुन्।

शृंखलाले करिब दुई महिनाअघि सम्भवसँगको प्रेमसम्बन्धबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।

  • २८ मंसिर २०८०, बिहीबार १४:०९ प्रकाशित