काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियनको कालोसूचीबाट हटाउने प्रयत्न गरिरहेको बताएका छन् ।
बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले प्रचण्डले सुरक्षालाई व्यवस्थित बनाएर नेपालको उड्यन क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयत्न गरिरहेको बताएका हुन् ।
रास्वपाको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।
प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्रीले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत कालोसूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताए ।















