नेकपा एसको सचिवालय बैठक सर्‍यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीको ७० औँ केन्द्रीय सचिवालय बैठक सरेको छ । मंसिर २८ र २९ गतेलाई तोकिएको सचिवालय बैठक पुस २ र ३ गते बस्नेगरी सरेको महासचिव घनश्याम भुसालले जानकारी दिएका छन् ।

विधान मस्यौँदाबारे छलफल गर्न एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो । तर विधान मस्यौँदा समितिका संयोजक उपाध्यक्ष डा।बेदुराम भुसाल बैठकको पूर्व निर्धारित समय ९मंसिर २८ र २९० मा विदेशबाट स्वदेश फर्किनसक्ने भएकाले बैठक सरेको नेताहरुले बताएका छन् ।

यसअघि बसेको ६९ औँ सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय गर्दै उपाध्यक्ष भुसालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

  • २७ मंसिर २०८०, बुधबार १३:१६ प्रकाशित