पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ १३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७३ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा रहेको छ ।यस्तै आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ११ पैसा रहेको छ ।
आज १० जापानी येनको खरिददर ९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४२ पैसा र बिक्रीदर २८ रुपैयाँ ५५ पैसा रहेको छ ।