काठमाडौँ ।
जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक पुस २७ गते बस्ने भएको छ । महाधिवेशनलगायत अन्य सांगठनिक विषयमा छलफलका लागि सो बैठक बोलाएको पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले जानकारी दिएका छन् ।
उनले केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने एजेन्डालगायतको विषयमा छलफल गर्न लागि पुस २५ र २६ गते राजनीतिक समितिको बैठक बस्ने बताए ।
त्यस्तै माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्धारित समयमै दल दर्ता गर्ने निर्णय गर्दै सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
एनसेल खरिद बिक्री प्रक्रिया रोकी उक्त घटनाको छानबिन गर्न र दोषीउपर कारबाही गर्न सरकारसँग जसपाले माग गरेको छ ।














