पोखरामा अवैध काठसहित एक जना प्रहरी नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामाचौरबाट अवैध काठ नियन्त्रणमा लिएको छ । हिजो (सोमबार) बिहान ४ बजेको समयमा अवैध काठ बोकी पुरुन्चौरबाट पोखरा तर्फ आईरहेको जिपसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौर अकला मन्दिर स्थित सडकखण्डमा चेकजाँचको क्रममा ग ३ च ५८०९ नम्बरको बोलेरो जिपमा चिरुवा काठ (फल्याक) २८० थान लोड गरेको पाईएको र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजातहरु नभएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिप चालक जिल्ला कास्की माछापुच्छ्रे गाउपाँलिका वडा नम्बर २ भुर्जुङखोला बस्ने अनिष वि.क थ लाई पनि नियन्त्रणमा लिइएको छ । थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बगर पठाइएको प्रहरीले बताएको छ ।

 

  • २६ मंसिर २०८०, मंगलवार ११:२२ प्रकाशित