सङ्कल्प यात्रामा अवरोध नगर्न पहिचानवादीलाई एमालेको अपिल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा (एमाले)ले मध्य पहाडी पुष्पलाल लोक मागमा सुरु गरेको ‘झुलाघाट—चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ आजबाट कोशी प्रदेश प्रवेश गर्दै छ ।

एमालेको उक्त अभियानलाई पहिचानवादीहरूले कोशी प्रदेश प्रवेशमा अवरोध गर्ने चेतावनी दिइरहेका बेला एमालेले भने यात्रामा अवरोध नगर्न पहिचान पक्षधरलगायत सबैलाई अपिल गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरूद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

नेता गौतमले एमाले अभियानलाई लक्षित गर्दै प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गरिएको भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहहरूलाई अवरोध सिर्जना नगर्न आग्रह गरेका हुन् ।

नेकपा एमालेको अभियान विकास र समृद्धिको अभियान भएकाले यस्ता अभियानमा अवरोध सिर्जना नगर्न र अभियानमा सहयोग पुर्याउन गौतमको आग्रह छ ।

‘एमालेको मध्य पहाडी पुष्पलाल लोक मार्ग यात्रा आजबाट उदयपुरको घुर्मी, ओखलढुगाको हर्कपुर हुँदै घुर्मी हुँदै खोटाङ प्रवेश गर्दै छ ।

  • २६ मंसिर २०८०, मंगलवार १०:२५ प्रकाशित