पोखरा ।
नेपाली कांग्रेसको संस्थापनइतर पक्षको आज (मंगलबार) बस्ने भनिएको बैठक भोलि (बुधबार) बस्ने भएको छ । संस्थापनइतर पक्षका नेताहरुका अनुसार आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि सोही समयका लागि सरेको हो ।
इतर पक्षको बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी १६पुस देखि १९ पुसका का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने छ ।
नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने परिस्थिति बनेपछि बैठक सारिएको हो ।
नेता अरजुनरसिंह केसीले सत्तापन इतर पक्षलाई सामुहिक ढंगले अगाडि बढाउन बुधबारका लागि बैठक सारिएको जानकारी दिए ।