आजको मौसम : दुईवटा प्रदेशका उच्चपहाडी र हिमाली भेगमा हिमपात हुने

केन्द्रभाग मिडिया

पोखरा ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको । तराईका थोरै स्थानहरूमा हुस्सरकुहिरो लागेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू/भागमा आंशिक बदली रही देशका बाँकी भू/भागमा मौसम सामान्यतया सफा रहनेछ ।

  • २४ मंसिर २०८०, आईतवार ०७:३९ प्रकाशित