काठमाडौं । एसीसी यू–१९ एसिया कप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपाली टिमले अफगानिस्तानको सामना गर्दैछ ।
प्रतियोगितामा आफ्नो पहिलो खेलमा पाकिस्तानसंग पराजित भएको नेपाल र भारतसंग पराजित भएको अफगानिस्तान दुबैलाई सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न जित्नै पर्ने दबाब छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने अफगानिस्तान भारतसँग सात विकेटले नै पराजित भएको थियो ।
दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ ।