बालुवाटार प्रकरणका विषयमा साेधेपछि जंगिए माधव नेपाल भने “काेही माइकालालले प्रमाणित गरेर देखाए हुन्छ”

केन्द्रभाग मिडिया

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नाे पार्टी   जनहित विपरीत हुनै सबै कृयाकलापका विरूद्ध रहेकाृे  बताएका छन् । शनिबार  समाजवादी प्रेस संगठन कास्कीले आयाेजना गरेको पत्रकार  भेटघाट कार्यक्रममा बाल्दै उनलेे यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले सरकारलाई बेथिति र विसंगति अन्त्यकालागि पटक पटक ध्यानकर्षण गराइएकाे स्मरण गरे । उनले देशमा पछिल्लो समय अराजकतालाई समयमै अन्त्य गरिनुपर्ने बताए । देशकाे अार्थिक अवस्था सुधारका लागि ठाेस कदम चल्न उनले आग्रह गरे ।

उत्पादन वृद्धि गर्ने र युवालाई स्वदेशमा नै रहने वातावरण निर्माण गरिनुपर्नेमा उनले जाेेड दिए । त्यसकालागि सुशासन र सम्वृद्भिमा ध्यान दिनुपर्ने उनकाे भनाइ छ ।

केन्द्रीय, प्रदेश र स्थानीय तहले अाफ्नाे विकास प्राथमिकता ताेकेर त्यही अनुरुप काम गर्नुपर्ने उनले बताए । देशकाे पछिल्लो अवस्था देेखेर युवामा छाएको  नैरास्यतालाई हटाउने उपाए यही हुने उनकाे धारणा छ ।

अध्यक्ष नेपालले “जनताकाे छाेराछाेरी राष्ट्रपति हुँदा देखि सहेका छैनन्” भन्दै राजावादीहरू प्रति कटाक्ष गरे । पूर्वराजालाई उद्योग खाेलेर जनतालाई राेजगारी दिन उनले सुझाव दिए ।

उनले ललिता निवास प्रकरणबारे राखिएकाे जिज्ञासामा अाक्राेसित हुँदै “काेही माइकालालले भनाेस् माधव नेपालले भ्रष्टाचार गर्याे भनेर ।” अध्यक्ष नेपालले भ्रष्टाचार भएकाे भए छानविन गर्न चुनाैती दिए । आफू  झण्डै  दुई वर्ष प्रधानमन्त्री भएकाे बताउँदै त्यसबेला आफ्नाे प्रधानमन्त्री निवास विस्तारकाे याेजना नै सुनाए । मन्त्रीपरिषद् बैठककाे निर्णय नै सुनाएका उनले आफ्नाे पालामा कसैलाई जग्गा दिने निर्णय नभएको उनले प्रष्ट पारे ।

अनाहकमा अाफूलाई देखाएर भ्रष्टाचारकाे विषयलाई कमजोर नपार्न उनले आग्रह गरे ।

 

  • २३ मंसिर २०८०, शनिबार १०:१३ प्रकाशित