अस्लिल भिडियो बनाई ब्ल्याकमेल गर्ने पोखराका एक बालक प्रहरी फन्दामा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा १६ का एक १६ वर्षीय बालकले नक्कली फेसबुक आइडि बनाएर आफैसंग पढ्ने एक बालिकालाई विभिन्न तस्बिर र भिडियोलाई अस्लिल बनाएर व्ल्याकमेल गरेपछि प्रहरीको फन्दामा परेका छन् ।

उनले पोखरा २७ बस्ने १६ वर्षया बालिकालाई अस्लिल भिडियो बनाएर फेसबुकमा पोष्ट गर्दिने भन्दै ब्ल्याकमेल गरेपछि पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार ति बालकले आफन्तलाई समेत पठाई बेईज्जत गरिदिन्छु भनी विभिन्न डर धम्की देखाई बालिकालाई मानसिक यातना दिने तथा व्ल्याकमेल गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको बताए ।

वालकलाई उसले प्रयोग गर्ने २ थान मोवाईल सहित पक्राउ गरी बिद्युतीय कारोवार ऐन कसूर अन्तर्गत मुद्दामा कास्की जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी अन्य अनुसन्धान पक्रिया अगाडि बढाएको जानकारी दिए ।

  • २२ मंसिर २०८०, शुक्रबार २०:०२ प्रकाशित