बलिउड अभिनेता जुनियर महमूदको निधन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ । चौथो चरणको पेटको क्यान्सरबाट पीडित मेहमूदको ६७ वर्षको उमेरमा निधन भएको हो । महमूदका छोरा हसनेनले शुक्रबार बिहान २ बजे बुवाको निधन भएको बीबीसीसँगको कुराकानीमा पुष्टि गरेका छन् ।

अभिनेता महमूदले ुहाथी मेरे साथीु ‘कारवा’ मेरा नाम जोकरु, ‘हरे राम, हरे कृष्णु,’नौनीहालु लगायतका चर्चित फिल्ममा अभिनय गरेका छन् । उनले थुप्रै चलचित्रमा बालअभिनेताको भूमिका निर्वाह पनि गरेका छन् । उनले देव आनन्द अभिनित ‘हरे राम, हरे कृष्ण’ मा समेत अभिनय गरेका छन् जुन नेपालमा समेत छायाकन भएको थियो ।

मुम्बईको परेलस्थित टाटा मेमोरियल अस्पतालमा उपचाररत महमूदलाई जीतेन्द्र, सचिन सचिन पिलगांवकर, जोनी लिभरलगायत कलाकारहरू भेट्न पुगेका थिए ।

  • २२ मंसिर २०८०, शुक्रबार १६:१४ प्रकाशित