ओलीद्धारा पोखरामा रहेको पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण

केन्द्रभाग मिडिया

तस्वीर : रन्जन अधिकारी

पोखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा रहेको पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरेका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग झुलाघाट(चिवाभञ्ज्याङ संकल्प यात्रा को क्रममा हिजो साँझ पोखरा आएका ओलीले आज बिहान श्रेष्ठको सालिकमा माल्यार्पण गरेका हुन् ।

उनी हिजो(बिहीवार) बागलुङबाट कुश्मा हुँदै पोखरा आएर बास बसेका हुन् । ओलीले गत निर्वाचनसम्म आफ्नो पार्टी सरकारमा भएको भए अहिले अन्य दलका राजनीतिक पसल बन्द भइसक्ने बताएका छन् ।

पोखरामा भएको कार्यक्रममा बोल्दै उनले देशमा एमाले मात्रै राष्ट्रवादी शक्ति भएको उल्लेख गरे । अध्यक्ष ओलीले आगामी २०८४ को निर्वाचनपछि एमालेको एकल सरकार बनाउन अहिलेको अभियान चलाएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपालमा अब कहिल्यै पनि राजतन्त्र नफर्किने दाबी गरेका छन् ।ओलीसहितको संकल्प यात्राको टोली अमरसिंह, तालचोक, रूपा हुँदै आज लमजुङ प्रस्थान गर्दैछ ।

  • २२ मंसिर २०८०, शुक्रबार ०९:४४ प्रकाशित