साताको अन्तिम दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६७ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा रहेको छ ।यस्तै आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २० पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४७ पैसा र बिक्रीदर २८ रुपैयाँ ६० पैसा रहेको छ ।

  • २२ मंसिर २०८०, शुक्रबार ०९:२५ प्रकाशित