रुपन्देही ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्ने बताएका छन् ।
झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको क्रममा रुकुमपूर्व आइपुगेका उनले सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बुधबार रुकुमपूर्वको भेलामा ओलीले अहिले देशको नाजुक अवस्था अत्यन्तै कमजोर बनाउन खोजिएकोबारे एमालेले निरन्तर खबरदारी गरिरहेको बताए ।
‘सरकारका कारण धेरै समस्या आएका छन् । देश असफल बनाउने अवस्थामा लान खोजिएको छ, देशभित्रका केही तत्व र देश बाहिर रहेका नेपालको अहित चाहनेहरुविरुद्ध सबै सचेत बनौं,’उनले भने, ‘यो प्रणालीलाई ठूलो लगानी गरेर ल्याएका हौं, यसविरुद्ध हुने गतिविधि सबै मिलेर लड्नुपर्दछ, देशको स्वाधीनतामा गर्व गरौं । अब सबै मिलेर अप्ठ्यारो पहिचान गरौं ।’
देशलाई असफल बनाउन खोज्ने देशभित्रका केही तत्व र देश बाहिर नेपालको अहित चाहने तत्वविरुद्ध सामूहिकरूपमा लड्नुपर्ने उनको भनाइ छ ।