पोखरामा ऋग्वैदिक हिमालय प्रथम अन्तर्राष्ट्रिय सम्मेलन हुने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा ऋग्वैदिक हिमालय प्रथम अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

मंसिर २१ गते र २२ गते लेकसाईडमा रहेको कुटी रिसोर्टमा सम्मेलन हुने आयोजक मुक्त फाउण्डेशनले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

दुइ दिन चल्ने उक्त सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नेछन् ।कार्यक्रममा वैदिक ज्ञान तथा आधुनिक समाज विज्ञानसँग सम्बन्धीत विज्ञहरुबाट हिमाली समाज र संस्कृतिका बारेमा खोज तथा अनुसन्धनात्मक विचार तथा कार्यपत्रहरु प्रस्तुत गर्ने आयोजकले बताएको छ ।

कार्यक्रममा देश भित्रबाट र भारत, दक्षिणपूर्वी एसिया र युरोप अमेरिका समेतबाट आएका ४० भन्दा बढि विज्ञहरुले प्राज्ञिक कार्यपत्र प्रस्तुत गर्नेछन् । १० जना बढि विदेशी प्रस्तोताहरुले अनलाईन माध्यमबाट कार्यपत्र प्रस्तुत भएका छन् ।

सम्मेलनमा नेपालको पर्यावरण, हिमाली सभ्यता र संस्कृतिबीचको अन्तर सम्बन्ध र यसमा आधारित वैदिक ज्ञान विज्ञान तथा विचारहरुका सम्बन्धमा छलफल र बहस हुने आयोजकले बताएको छ ।

सम्मेलनमा देश विदेश तथा विभिन्न विश्वविद्यालय, कलेज र शैक्षिक तथा साँस्कृतिक र पर्यटकीय क्षेत्रमा आवद्ध २०० बढी व्यक्तिको उपस्थिती रहने भएको छ ।

गण्डकी विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, मानवशास्त्र केन्द्रीय विभाग त्रि.वि. कीर्तिपुर, त्रिचन्द्र क्याम्पस, काठमाडौ, पोखरा महानगरपालिका र अन्य विभिन्न संघ संस्थाको समन्वयमा सम्मेलन हुने भएको हो ।

  • १९ मंसिर २०८०, मंगलवार १५:५२ प्रकाशित