नेकपा एसको महाधिवेशन जेठमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एसको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय भएको छ ।

आज बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।महाधिवेशन काठमाडौंमा गरिने उनले बताए ।

त्यस्तै, उनले माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिएको बताए । यसैगरी यही मंसिर २८ र २९ गते पुनः सचिवालय बैठक बस्ने उनले जनाए । त्यस्तै, पुस ९ गते स्थायी कमिटी, १० गते पोलिटब्यूरो र पुस ११ र १२ गते केन्द्रीय कमिटीको बैठक गर्ने पनि निर्णय भएको खतिवडाले जानकारी दिए ।

त्यस्तै, विधानबारे छलफलका लागि उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख बेदुराम भुसालको नेतृत्वमा कार्यदल बनाइएको उनले बताए । राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि गंगालाल तुलाधरको नेतृत्वमा समिति बनाइएको खतिवडाले जानकारी दिए ।

उनले राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका निम्ति अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गरिएको जनाए ।

  • १९ मंसिर २०८०, मंगलवार १५:१७ प्रकाशित