पोखरा ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ४० वर्ष मुनिका युवा देशको प्रधानमन्त्री हुन जरुरी रहेको बताएका छन् । मंगलबार काठमाडौमा सुरु बालक्लवका पूर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बालक्लवमा लागेका युवाहरु ४० वर्ष मुनि नै देशको प्रधानमन्त्री बन्ने वातावरण बन्नेमा आफु विश्वस्त रहेको उनको भनाई थियो । ‘बालक्लवमा आवद्द भएर लिएको सफल नेतृत्व देश विकासको मुलआधार बन्न सक्छ, जसकालागी ४० वर्ष भित्र नै देशको प्रधानमन्त्री हुन जरुरी छ’ उनले भने ।
अध्यक्ष तिमिल्सिनाले नेपाली युवाहरुलाई विदेश जानबाट रोक्नका लागि बाल क्लवमा लगानी बढाउन आवश्यक रहेको धारणा राखे । ‘बालबालिकामा लगानी बढाउन सकियो भने देशमा दक्ष जनशक्ति उत्पादन गर्न सकीन्छ भन्ने बालक्लवका पुर्वसदस्यहरुको यो भेलाले सरकारलाई सन्देश दिएको छ ।’ उनले भने, ‘देश विकासको मेरुदण्ड युवा दक्ष जनशक्ति हुन, ति दक्ष जनशक्ति उत्पादन गर्न सरकारले घरघरमा शिक्षा, स्वास्थ सहित लगानी गर्नुपर्ने, साथै बालक्लवमा लगानी बढाई बालबालिकालाई संगठित गरिनुपर्ने छ ।’ अहिले पनि बालबालिकालाई श्रममा लगाउने, पिट्ने अवस्था छ, सरकारले पर्याप्त लगानी सर्न सकेको छैन, जलवायु परिवर्तनको क्षतिपुर्ति दिदाँ पनि बालबालिकालाई प्राथमिकता दिन जोड दिए । साथै बालबालिका पोषणमा लगानी गर्न पनि जरुरी रहेको उनले बताए ।
बालक्लवका पुर्वसदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट शुरु भएको छ । १८ वर्ष सम्म बालक्लवमा रहेर पासआउट भएका देशभरका १५० जना युवाहरु एकसाथ भेला भएर विभिन्न विषयमा छलफल गर्ने गरी आज र भोली दुई दिनसम्म यो सम्मेलन सञ्चालन हुनेछ । हाल देशभर तीसहजार भन्दा बढी बालक्लवहरु सक्रिय छन् । बालक्लवमा ८० लाख भन्दा बढी बालबालिका आवद्ध छन् ।
जागृति बाल तथा युवा सरोकार नेपालका नेतृत्व सहीत चङ्गा फाउण्डेशन, हामीदाजुभाइ, युवालय, क्रियसन सोसाइटी, याभ नेपाल र कन्र्सन सोसाइटी नेपालको संयुक्त आयोजनामा सम्मेलन भइरहेको हो । १९ वर्ष देखि २५ वर्ष सम्मका युवाहरु यो कार्यक्रममा सहभागी छन् ।
काठमाडौमा सञ्चालन हुने २ दिनको यो सम्मेलनलाई युनिसेफ, सेभ द चिल्ड्रेन, क्यान्नालन, वल्र्ड भिजन ईन्टरनेशलन नेपाल, केयर नेपाल, टिडिएच जर्मनी र चाईल्ड फण्ड जापानको सहयोग र ओरेक, साथी, स्वतन्त्रता अभियान, बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्च, भ्वाईस अफ चिल्ड्रेन, आधरा, किडार्क, सिवीन नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सन्जाल, लगायत विभिन्न राष्ट्रिय र क्षत्रीय स्तरमा स्थापना भएका संस्था र सञ्जालहरुको सहकार्य समेत रहेको छ ।