पोखरा ।
बागलुङमा श्रीमतीको हत्या गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका १३ सल्यानका ५८ वर्षीय हरि सिंह नेपाली रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय वलेवा बाग्लुङको प्रहरी टोलीले हरिलाई हिजो (आइतबार मंसिर १७ गते ) पक्राउ गरेको हो । उनले मादक पदार्थ (रक्सी) सेवन गरि आफ्नै श्रीमती बर्ष ५० कि सितली शाहीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट सितलीको टाउको र दाँया खुट्टामा गम्भिर चोट लागेकोले उपचारको लागि धौलागिरी अस्पताल बागलुङ लगिएकोमा उपचारको क्रममा सितलीको ज्यान गएको प्रहरीले बताएको छ । हरि माथि थप अनुसन्धान भईरहेको छ ।














