इजरायलले सुरु गर्‍यो दक्षिणी गाजामा पनि हमला

केन्द्रभाग मिडिया

काठमाडौं ।

इजरायली सेनाले गाजाको दक्षिणी भागमा धेरै हमास नेताहरू लुकेको आँकलन गर्दै आक्रमण सुरु गरेको छ। यस क्षेत्रमा करिब २३ लाख मानिस फसेका छन् ।

बीबीसीका अनुसार इजरायली सेनाले आइतबार गाजाको दोस्रो ठूलो सहर खान युनिस वरपरका क्षेत्रहरू खाली गर्न आदेश जारी गरेको हो।अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा प्रकाशित रिपोर्टहरू अनुसार इजरायलले इजरायली सेनाले आफ्नो भूमि विस्तार अभियानलाई अगाडि बढाइरहेको छ ।

इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीका अनुसार थल सेनाहरू अहिले दक्षिणतिर अघि बढिरहेका छन् ।युद्धविरामपछि इजरायली सेनाले दक्षिणी गाजामा हवाई आक्रमण पनि सुरु गरेको छ ।

इजरायल र हमासबीच जारी युद्धमा हालसम्म १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।गाजाका अधिकांश नागरिक सुरक्षाको खोजीमा अहिले दक्षिणतिर भागेका छन्।

यसै क्रममा आइतबार बिहान खान युनुसको पूर्वी भागमा रहेको एक आवासीय भवनमा इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

यसैबीच, गाजामा पुनः युद्ध भइरहेका बेला अमेरिकाले इजरायललाई संयमता अपनाउन दबाब दिएको छ ।

  • १८ मंसिर २०८०, सोमबार ०९:२२ प्रकाशित