पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार सातको पहिलो दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा रहेको छ ।यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ २७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०३ पैसा रहेको छ ।
आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्रीदर २८ रुपैयाँ ५८ पैसा रहेको छ ।