केपी ओली कपको उपाधि मधेस प्रदेशले जित्यो

केन्द्रभाग मिडिया

पोखरा ।

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशको टोलीले जितेको छ । मधेस प्रदेशले शुक्रबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेश उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको मधेस प्रदेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको त्रिभुवन आर्मी क्लबले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय २४ रनमात्र बनाउन सक्यो ।

  • १५ मंसिर २०८०, शुक्रबार १६:०९ प्रकाशित