जिसस कास्कीद्वारा उपभोक्ता समितिलाई प्रशिक्षण

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला समन्वय समिति कास्कीले उपभोक्ता समितिलार्ई प्रशिक्षण दिएको छ ।

जिल्ला समन्वय समितिले कास्कीका विभिन्न विकास निर्माणका कामलाई व्यवस्थित र गुणस्तरीय बनाउने लक्ष्य अनुरूप गुणस्तरीय विकास निर्माणमा उपभोक्ता समितिको भुमिका विषयमा प्रशिक्षण दिएको हो ।

सो प्रशिक्षण कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । प्रमुख पौडेलले उपभोक्ता समितिहरू विकासका लागि सरकारका सहयात्री र सारथी भएको बताए ।

पौडेलले कुनै पनि विकास आयोजनाको सफलतामा महत्त्वपूर्ण भुमिका उपभोक्ता समितिको रहने हुदा निर्दिष्ट गुणस्तर कायम गर्न सचेत र प्रभावकारी भुमिकाका लागि प्रशिक्षण आयोजना गरिएको उल्लेख गरे ।

कतिपय विकास आयोजना निर्माण कम्पनी र कहिलेकाही उपभोक्ता समितिका लापरबाहीका कारण समेत अलपत्र परेको अनुगमनका क्रममा देखिएपछि गुणस्तर साथै आवश्यक सीप वृद्धिका लागि उक्त तालिम आयोजना गरिएको बताए ।

पौडेलले राज्यको लगानीमा लापरबाही गर्ने छुट कसैलाई पनि नभएको भन्दै अब पनि कमिकमजोरी नसच्चिए कसैले पनि उन्मुक्ति नपाउने उल्लेख गर्दै आम जनताको गुनासो सुन्न र सफल समन्वयका लागि गुनासो डेस्क समेत स्थापना भएको जानकारी दिए।

उनले कुनै कमिकमजोरी देखिएमा तत्काल जिससको उजुरी पेटिका ,फोन वा इमेल द्द्च्कस्कि २ग्मैल मार्फत सूचना दिन आग्रह गर्दै तत्काल समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उपभोक्ता समितिले आफ्नो कम र जिम्मेवारीलाई प्रभावकारी बनाउन सके अन्य सरोकारवाला चनाखो हुने भन्दै निष्पक्षता र पारदर्शीतामा समितिहरूले ध्यानदिनु पर्ने पौडेलको भनाइ थियो।

जनप्रतिनिधि ,राष्टसेवक ,कर्मचारी र उपभोक्ता सहित सबै सरोकारवालाहरूले समन्वयात्मक तबरले काम गरे मात्रै हामीले चाहेको बिकास र समृद्धि सार्थक हुने उनको भनाइ थियो।

  • १५ मंसिर २०८०, शुक्रबार १५:२० प्रकाशित