चीनमा बालबालिकामा फैलिँदै श्वासप्रश्वास सम्बन्धी रोग, नेपाल पनि जोखिममा

केन्द्रभाग मिडिया

काठमाडौं ।

चीनमा दुई सातादेखि बालबालिकामा श्वासप्रश्वास सम्बन्धी रोग फैलिइरहेको छ ।

उक्त श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले बताएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान भएको छैन।

बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुने जस्ता लक्षण देखिएका छन् । बिरामीको जाँच गर्दा मायोप्लाज्मा कीटाणु, कोभिड १९ भाइरस, प्याथोगन्स, इन्फ्लुएन्जा र सिन्किस्थिर भाइरस देखिएको जनाइएको छ।

चीनमा फैलिएको उक्त रोगप्रति विश्व स्वास्थ्य संगठनले पनि चासो देखाएको छ। संगठनले चीनसँग रोगसम्बन्धी रिपोर्ट मागेको छ। संगठनले यो समस्याबाट पाका उमेरका मानिसभन्दा बालबालिका बढी प्रभावित भएको जानकारीमा आएको भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ।

  • १५ मंसिर २०८०, शुक्रबार १०:४५ प्रकाशित