कस्तो छ आजको विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४३ पैसा रहेको छ ।यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७९ पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८ रुपैयाँ ९९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४८ पैसा र बिक्रीदर २८ रुपैयाँ ६१ पैसा रहेको छ ।

 

  • १३ मंसिर २०८०, बुधबार १०:४१ प्रकाशित