तनहुँ बस दुर्घटना

अपडेट : २ यात्रुको उपचारको क्रममा ज्यान गयो, घाईतेको उपचार जारी (घाईतेको नामावलीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

तनहँको घाँसीकुवामा भएको बस दुर्घटनामा २ यात्रुको ज्यान गएको छ। आज बिहान करिब ५ बजरे ४५ मिनेटको समयमा धरानबाट पोखरा तर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस घाँसीकुवामा दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दाँ ३६ जना घाईते भएकोमा उपचारको क्रममा दुई यात्रुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाईते धनकुटा सागुरीगढी गाउँपालिका वडा न. ९ का ४५ वर्षीय हस्त राइ , हालसम्म स्थायी वतन नखुलेका अन्दाजी ५०/५५ वर्षीय टोप बहादुर मगरको उपचारको क्रममा ज्यान गएको तनहँुका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले पुष्टि गरेका छन् ।
अन्य ३४ जना घाइतेहरुको दमौली अस्पताल र केहीको पोखरामा उपचार भईरहेको छ ।

घाईते हुनेहरुमा धनकुटा सागुरीगढी ८ का २८ वर्षीय विक्रम राई, ताप्लेजुङ याङबरक गाउँपालिका वडा न. ६ का २६ वर्षीय सचिन्द्र लिम्बु , धनकुटा सागुरी वडा ७ का ४२ वर्षीय राम प्रसाद राई सोही स्थान वडा ९ का २८ वर्षका बोगिन्द्र राई, सोही स्थान वडा ७ का ४५ वर्षीय टिकाराज राई रहेका छन् । उनीहरुको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै धनकुटा सागुरीगढी ९ का ३८ वर्षीय सन्तोष कुमार राई, पोखरा महानगरपालका वडा ३१ का वर्ष ४१ का भोजराज सुनार, पोखरा १५ का वर्ष ३० का अजित परियार, धनकुटा सागुरीगढी डा ८ का वर्ष ४८ का जुनार सिंह राइ, सोही ठाउँ वडा ७ का वर्ष ४४ का तिर्थ बहादुर राई, सोही वडाका ५० वर्षीय लक्षु राई रहेका छन् ।

यस्तै सप्तरी महादेव गाउँपालिका वडा ६ का वर्ष २५ का शम्भु यादव, बस चालक प्युठान सरुमहारानी गाउँपालिका वडा ५ का २३ वर्षीय होमलाल पल्ली मगर र धनकुटा सागुरी गाउँपालिका वडा ७ का ४५ वर्षीय हरिशचन्द राई रहेका छन् । उनीहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै धनकुटाका ३० वर्षीय हमाल प्रसाद राई, सोही ठाउँका सन्दीप राई, सोही स्थानका ३५ वर्षीय लखमन राई र विराटनगरका २६ वर्षीय आशिष शर्माको रत्नहरी मेमोरियल अस्पताल तनहुँमा उपचार भइरहेको छ ।

केही घाईतेको नाम र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • १३ मंसिर २०८०, बुधबार १०:१५ प्रकाशित