पोखरामा कौडा खेलिरहेको १६ जना पक्राउ परेका छन् ।
आज (मंगलबार) राती साढे १ बजेको समयमा पोखरा महानगरपालिका २१ निर्मल पोखरीमा राम के.सी र सन्तोष गुरुङले संचानलन गर्दै आएको ईलाईट रिसोर्टमा कौडा खेलाइरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरी बस्ने वर्ष ३८ का सन्तोष गुरुङ सोही स्थानका वर्ष ४६ को राम केसी, वडा नं। ६ बस्ने वर्ष ३६ का संजिव अधिकारी, वर्ष ४० का राम ढकाल,वर्ष ६४ को बिर बहादुर लामिछाने, वर्ष ४० का मोहन बहादुर गुरुङ रहेका छन् ।
यस्तै वडा नं १७ बिरौटा बस्ने वर्ष ४० का प्रकाश पोख्रेल, वर्ष ४६ का कृष्ण प्रसाद भण्डारी,वर्ष ३० का कुमार भण्डरी, बर्ष ३८ का गौतम गुरुङ रहेका छन् ।
यस्तै वडा २१ कृष्ती बस्ने वर्ष ४८ का होम बहादुर रानाभाट, बर्ष ४० का टंक बहादुर कार्की, बर्ष २३ का अनिष श्रेष्ठ,वडा नं १० अम्मरसिंह बस्ने वर्ष ६३ का मिन बहादुर बरुवाल, वडा नं ३३ गैरागाउ बस्ने वर्ष ३३ का रामचन्द्र आचार्य र वडा नं १७ बिरौटा बस्ने वर्ष ४० का जिवन शाही रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरुको साथबाट ५ लाख ५ हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद भएको प्रहरीले जानकरी दिएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














