सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेट

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटघाट भएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् । मध्यपहाडी लोकमार्ग पदयात्रामा निस्कनुअघि सिंहदरबार पुगेका ओली र प्रधानमन्त्रीबीच प्रधानमन्त्री कार्यालयमा भेटघाट भएको हो ।

ओली-प्रचण्ड भेटमा संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगो, गणतन्त्रविरोधी पछिल्ला आन्दोलन र गतिविधिलगायत समसामयिक घटनाक्रममा छलफल भएको छ ।

पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरूपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको भन्दै प्रमुख राजनीति दलहरू संघीय लोकतान्त्रिक गणतन्त्र रक्षार्थ आफूहरू एकजुट रहेको बताउँदै आएका छन् ।

भेटपछि ओलीले भर्खरै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबारको पश्चिमतर्फको भवन अवलोकन गरेका छन् । २०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण ९रेट्रोफिटिङ० गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो ।

सिंहदवार प्रधानमन्त्री कार्यालयभित्रको आर्ट ग्यालरी दुवै नेताले संयुक्त अवलोकन गरेका थिए ।आफ्नो पालामा नयाँ डिजाइनसहित पुनस्निर्माण गरे पनि बस्न नपाएको कार्यालय उनले प्रचण्डसँगै अवलोकन गरेका हुन् । मध्यपहाडी यात्रामा निस्कनुअघि प्रधानमन्त्रीसँग भेट गर्न सिंहदबार पुगेका ओलीलाई प्रचण्डले नयाँ कार्यकक्ष र कार्यालय भवनको अवलोकन गराएका हुन् ।

  • १२ मंसिर २०८०, मंगलवार १६:१० प्रकाशित