राजा ल्याउन चेष्टा नगरे हुन्छ : माधव नेपाल

केन्द्रभाग मिडिया

सुर्खेत ।

नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी दिएका छन् ।

आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन बोल्दै अध्यक्ष नेपालले सरकारले गलत काम गरे सरकारका विरुद्ध उभिनुपर्नेमा व्यवस्थाको विरुद्ध उभिने काम भएको बताए ।

उनले भने सरकारले गलत काम गरेको छ भने सरकारका विरुद्धमा उभिनुपर्‍यो, तर व्यवस्थाको विरोध गर्दै राजसंस्था नारा लगाउनु वाहियात हो।राजावादीहरूले ठुलो हुङ्कार गरेर काठमाडौँमा आन्दोलन गरे पनि त्यो उपलब्धिविहीन भएको नेपालले बताए।

देशमा आर्थिक समस्या रहेको स्वीकार गर्दै नेता नेपालले अर्थतन्त्र जुन गतिको साथ अगाडि बढ्नुपर्ने हो त्यो अनुसार बढ्न नसकेको जिकिर गरे ।

  • १२ मंसिर २०८०, मंगलवार ०९:१४ प्रकाशित