दुर्गा प्रसाई नेतृत्वको प्रदर्शनमा प्रहरीद्धारा लाठ्ठीचार्ज, विवादस्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा तनावको स्थिती सिर्जना भएको छ ।

विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् ।
प्रर्दशनकारी उत्तेजित हुदैं ढुंगामुढा गर्न थालेपछि प्रहरीले लाठ्ठीचार्ज गरेको बताइएको छ ।

प्रदर्शनस्थलमा विवादस्पद धर्मगुरु आचार्य श्रीनिवास पनि पुगेका थिए ।उनले उत्तेजक अभिव्यक्ति दिएर सडक अबरुद्ध पार्न खोजेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ ।

गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले पुष्टि गरेका छन् ।

प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । त्यसक्रममा उनले धार्मिक अतिवादी समूहहरुलाई समेत बोलाएका थिए । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन् ।

उनले १२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गरेका थिए । त्यसबेला पनि उनी पक्राउ परेका थिए ।

  • ११ मंसिर २०८०, सोमबार १६:०८ प्रकाशित