जाजरकोट ।
भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट ज्यान गएको छ ।
उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट ज्यान गएको जानकारी दिए ।
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको ज्यान गएको थियो भने तीन सय ४६ घाइते भएका थिए ।
पछिल्लो समय चिसो बढ्दै जाँदा भुकम्प प्रभावित मर्कामा परेका छन् ।














