पोखरा ।
पोखरामा सुन पसलको ताला काट्दै गरेको अवस्थामा एक बालक पक्राउ परेका छन् । हिजो (शनिबार) राति एक सुन पसलको ताला काट्दै गरेको अवस्थामा कास्कीको रुपा गाउँपालिकाका १८ वर्षीय बालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
राति करिब १२ बजेको समयमा पोखरा ९ न्युरोडमा रहेको स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्दै गर्दा ती बालक पक्राउ परेका हुन् ।
उनलाई सिभिआर चिप्लेढुंगा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ती बालकको साथबाट २ थान हेक्सा ब्लेड र एक थान काटिसकेको तालासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
चोरी उद्योग मुद्दामा उनलाई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।














