नयाँ दिल्ली ।
बलिउडकी टप सिंगर निकिता गान्धीको कन्सर्टमा भागदौड हुँदा ४ जनाको ज्यान गएको छ । केरलाको कोच्चीमा एउटा विश्वविद्यालयमा उक्त कन्सर्टको आयोजना गरिएको थियो ।
कोचीन यूनिवर्सिटी ऑफ साइंस एंड टेक्नोलॉजी (सीयूएसएटी)मा आयोजित टेक फेष्टमा पर्फमेन्श गर्ने वाला थिइन् । फेष्ट सुरु हुँदै गर्दा पानी परेपछि भागाभाग हुँदा ४ जना विद्यार्थीको ज्यान गएको छ भने अन्य ६५ जना घाइते भएका छन् । मर्नेमा २ जना किशोर र २ किशोरी रहेको बताइएको छ ।
यो घटना हुँदा निकिताले गाउन सुरु पनि गरेकै थिइनन् । कार्यक्रममा टिकट भएकाहरुलाई मात्रै छिर्न दिइएको थियो । तर कन्सर्ट स्थलबाहिर पनि ठूलो भिड लागेको बताइएको छ । एउटै गेटबाट भित्रिने र बाहिरिने व्यवस्था गरिएकोले भागाभाग मच्चिएको बताइएको छ ।
पछिल्लो समय निकिताको टाइगर ३ मा लेके प्रभुका नाम भन्ने गीत रिलिज भएको थियो । यो घटनाले आफू दुखित भएको भन्दै यो दुःखद घटनामा शोक व्यक्त गर्न आफूसँग कुनै शब्द नभएको निकिताले सामाजिक सञ्जालमा एउटा पोष्टमार्फत बताएकी छन् ।