पोखरा : मालेपाटनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा मोटरसाइकलले ठक्कर दिदाँ एक जना पैदल यात्रीको ज्यान गएको छ । पोखरा ५ मालेपाटनमा १९ प ९३३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाटोमा हिँडिरहेका टंकबहादुर कुमाल मगरको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।मोटरसाइकल चालक थरबत थापा घाइते छन् । उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ८ मंसिर २०८०, शुक्रबार १४:२१ प्रकाशित